Winamp windows Media Player Real Player QuickTime

टे«ड युनियनको अन्तिम परिणाम आज साँझ सम्म आउने

भदौ १२
नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अझै जारी छ । गयराती १० वजेदेखि सुरु भएको मतगणनामा विहान सात वजेसम्म करिव ७ सय मत गणना भएको छ । मतगणनाका विषयमा सामान्य विवाद भएपछि अपरान्ह ४ वजे सकिएको मतदानको गणना राती मात्रै सुरु भएको थियो । अध्यक्षका उम्मेदार खिलानाथ दाहाल पक्षधरको प्रतिनिधीवेगर मतपेटिका खोलिएकोभन्दै केहीवेर मतगणना सम्वन्धमा विवाद भएको हो ।  अझै ८ सय भन्दा वढि मत गणना गर्न वाँकी रहेकाले साँझ सम्म अन्तिम परिणाम आउने निर्वाचन मण्डलले जनाएको छ । जारी मत गणनामा अध्यक्षका दावेदार पुष्कर आचार्य र खिलानाथ दाहालको वरावरी जसो मत आएको छ । गणनाका क्रममा आचार्य र दाहाल कहिले अघि कहिले पछि भईरहेको वताईएको छ । मंगलवार भएको मतदानमा अधिकांस प्रतिनिधी दुवै खेमामा वाँडिएपछि आचार्य र दाहालबीच कडा प्रतिस्पर्धा भएको हो । दाहाल काग्रेश वरिष्ठ नेता शेरवहादुर देउवा पक्षधर तथा आचार्य सभापति सुसील कोईराला पक्षधर मानिनुहुन्छ । हिजो अपरान्ह सकिएको मतदानमा १ हजार ६ सय ९ मतदाता मध्ये १ हजार ५ सय ६१ जनाले मतदानमा सहभागीता जनाएका थिए । वन्द शत्र नगरिएको भन्दै केही प्रतिनिधी घर फर्किएका छन् । दुई खेमामा वाँडिएका प्रतिनिधीहरु वन्दशत्र नगरीकन उम्मेदवार छनोटमा लागेपछि वन्द शत्रको औपचारीक कार्यक्रम भएको थिएन । वन्द शत्रमा उठ्नु पर्ने विभिन्न प्रतिवेदन त्यसै थन्किएका छन् । युनियनको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, रामजी कुवर चुनावी दौडमा छन् । उपाध्यक्षमा खुल्ला तर्फ अयोध्याप्रसाद यादव, गणेशप्रसाद निरौला, प्रेम सिंह बोहरा, र राधाकान्त देव चुनावी प्रतिस्पर्धामा छन् । महिला उपाध्यक्षमा रमा पौडेल र विष्णुदेवी पाण्डे चुनावी मैदानमा छन् । महासचिव पदका लागि धु्रवचन्द्र गौतम र महेन्द्रप्रसाद यादव र कोषाध्यक्षमा ऋषभदेव घिमीरे र योगेन्द्र कुँवर चुनावी मैदानमा छन् । निर्वाचनबाट १४ पदाधिकारी सहित ३६ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM
  • Next Program
  • Program Name: Arpan Samarpan
  • Program Host:
  • Time duration: 02:15 PM-03:00 PM

Local News

Political News

International News

Sports News