Winamp windows Media Player Real Player QuickTime

आज कृष्ण जन्माषटमी पर्व, देशभर धुमधामका साथ मनाईंदै

भदौ १२
कृष्ण जन्माष्टमी पर्व आज चितवन सहित देशभर धुमधामका साथ मनाईंदै छ । द्धापर युगमा भगवान् श्रीकृष्णले आजकै दिन पृथ्वी लोकमा जन्म लिनु भएको हिन्दु धार्मिक  शास्त्रहमा उल्लेख छ ।भक्तजनहरु आज विहान सबेरै नुहाई धुवाई गरेर भगवान श्रीकृष्णको पूजाआजा गर्ने गर्दछन् भने राति अबेर सम्म जाग्राम वसी भजन किर्तन गर्ने गरिन्छ । कृष्ण जन्माष्टमीकै अवसरमा पुर्बि चितवनको भानुचोकमा रहेको कृष्ण मन्दिर ललितपुर, पाटनको कृष्ण मन्दिर लगायत देशभरका राधाकृष्ण मन्दिरहरुमा आज भक्तजनहरुको बिहानै देखि घुईंचो लागेको छ ।आजका दिन भक्तजनहरुले श्रीकृष्णको प्रिय वस्तु दही र मयूरको प्वाँख चढाएर पूजा गर्दछन् । दुष्ट राजा कंशको विनासका लागि भगवान कृष्णले द्धापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट जन्म लिनु भएको थियो । कृष्ण जन्माष्टमीलाई अन्याय, अत्याचारको अन्त्य र असत्यमाथि सत्यको विजयको दिवसका रुपमा पनि लिइन्छ ।यसैबीच श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रेडियो अर्पण,राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति चितवन र अन्नपुर्ण भजनमण्डलीको सयुक्त आयोजनामा पुर्वी चितवनको पिठुवामा कृष्ण भजन प्रतियोगिता हुदैछ । विहान ११ वजेपछि सुरु हुने प्रतियोगिताको रेडियो अर्पण १०४.५ मेगाहर्जले प्रत्यक्ष प्रसारण गर्नेछ ।


Local News

Political News

International News

Sports News