Winamp windows Media Player Real Player QuickTime

भण्डारा पनि साक्षर गाविस हुने

भदौ १२
पुर्वी चितवनको भण्डारा गाविसलाई यही भदौ १४ गते साक्षर गाविस घोषणा गरिने भएको छ । गाविसमा ९८ प्रतिशत साक्षरता उपलव्धी हासिल भएपछि भण्डारालाई साक्षर गाविस घोषणा गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । गाविसमा रहेका १ हजार ९ सय १६ जना निरक्षरलाई लक्षित गरि साक्षरता कक्षा संचालनबाट १ हजार ८ सय ९४ जना साक्षर भएपछि गाविसलाई साक्षर गाविस घोषणा गर्न लागिएको भण्डारा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रेशमलाल थिंकले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सामुदायिक अध्ययन केन्द्र,भण्डारा गाविस र भण्डारा उच्च माविको सक्रियतामा साक्षर गाविस घोषणा गर्न लागिएको हो । विभिन्न कारणले विद्यालय जानबाट वञ्चित रहेकाहरुलाई साक्षर कक्षामा सहभागी गराईएको थियो । कुल १६ हजार ७ सय ७४ जनसंख्या रहेको सो गाविसमा वि.सं. २०६८ सालको जनगणनामा १ हजार ९ सय १६ जना निरक्षर रहेका थिए । नेपाल सरकारले सन् २०१५ सम्म नेपाललाई पुर्ण साक्षर गर्ने घोषणा गरेसंगै चितवनमा यस अघिनै ४ वटा गाविस साक्षर घोषणा भईसकेका छन् । पत्रकार सम्मेलन गाविस सचिव तीर्थराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News