Winamp windows Media Player Real Player QuickTime

दाहाल मतले विजयी

भदौ १२
नेपाली काग्रेशको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेस–स्वतन्त्रको अध्यक्षमा खिलानाथ दाहाल निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्वका लागी पुर्वी चितवनको रत्ननगरमा भएको मतदानमा अध्यक्षका अर्का प्रत्यासी पुष्कर आचार्यलाई पराजीत गर्दै दहाल अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
कुल खसेको मत मध्ये दाहालको पक्षमा ७ सय ८६ तथा आचार्यको पक्षमा ७ सय २४ मत परेको छ । दाहाल वरिष्ठ नेता शेरवहादुर देउवा पक्ष तथा आचार्य संस्थापन पक्ष मानिनुहुन्छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्ष मानिने रामजी कुँवर विजयी हुनु भएको छ । कुँवरले प्रत्यासी कृष्णप्रसाद पौडेललाई पराजीत गर्नु भएको हो । त्यस्तै महासचिवमा पनि संस्थापन पक्षनै मानिने महेन्द्रप्रसाद यादव निर्वाचीत हुनु भएको छ । यादवले वरिष्ठ नेता देउवा पक्ष मानिने धु्रवचन्द्र गौतमलाई पराजीत गर्नु भएको हो । महीला उपाध्यक्षमा विष्णुदेवी पाण्डेलाई पराजीत गर्दै रमा पौडेल निर्वाचित हुनु भएको छ ।
निर्वाचन संयोजक योगेन्द्रबहादुर अधिकारीका अनुसार, १ हजार ५ सय ६१ मत खसेको छ । बन्दसत्र नगरिएको भन्दै केही प्रतिनिधि घर फर्किएका थिए । तीन दिनसम्म चलेको महाधिवेशनमा देशभरका कार्यकर्ता बाँडिएपछि बन्दसत्र प्रभावित हुँदा एकैचोटि निर्वाचन गरिएको हो ।देशभरबाट आएका १ हजार ६ सय प्रतिनिधि कोइराला र देउवा समूहमा विभाजित भएपछि बन्दसत्रमा उठ्नुपर्ने विभिन्न प्रतिवेदन त्यसै थन्किएका छन् । अध्यक्षमा निर्वाचित भएपछी रेडियो अर्पणलाई सक्षिप्त प्रतिक्रिया दिदै नवनिर्वाचित अध्यक्ष दाहाल .... आवाज
 

Local News

Political News

International News

Sports News