Winamp windows Media Player Real Player QuickTime

चितवनका निजी विद्यालय वन्द स्थगीत

भदौ १४
धु्रवराज खनाल
नेपाल संस्थागत विद्यालय शिक्षक युनियन( इष्टु नेपाल ) ले तत्कालका लागी आन्दोलनका कार्यक्रम स्थगीत गरेको छ ।  आफुहरुले राखेका माग मध्ये केही माग पुरा गर्ने सहमती भएपछि आन्दोलनका कार्यक्रम स्थगीत गरेको इष्टु नेपालका जिल्ला अध्यक्ष विष्णुहरी थापाले जानकारी दिनुभयो । सरकारी कर्मचारी सरह तलव र मंहगी भत्तामा सहमती भएको थापाले वताउनु भयो । आन्दोलन अन्र्तगत इष्टुले आजका लागी आह्वान गरेको निजी विद्यालय वन्द पनि फिर्ता भएको छ ।  सरकारी कर्मचारी जतिकै तलव,महंगी भत्ता,नियुक्ती पत्र पाउनु पर्ने लगायतका विभिन्न १७ वुँदे माग राखेर इष्टु नेपालले आन्दोलन गर्दै आएको थियो । इष्टु नेपालको मागका सम्वन्धमा जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा एउटा कार्यदल गठन गर्ने र सोही कार्यदलले काम थाल्ने पनि थापाले वताउनु भयो ।  
उता
पाँच दिनदेखि बन्द रहेका मकवानपुरका संस्थागत विद्यालयहरु आजबाट सञ्चालनमा आएका छन् । पुनरावेदन अदालत हेटौडाले बन्द रहेका संस्थागत विद्यालय खुलाउन आदेश दिएपछि विद्यालय खुलेका हुन् । विद्यार्थीको पढ्न पाउने नैशर्गिक अधिकार हनन् गर्न नहुने भन्दै अदालतले विहीबार मात्रै विद्यालय खुलाउन आदेश दिएको थियो ।स्थानीय अभिभावक कालुमान स्याङबोले दिएको निवेदनमा पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले विद्यालय खुलाउन अन्तरिम आदेश दिएपछि बन्द विद्यालय खुलेका हुन् ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News