Winamp windows Media Player Real Player QuickTime

ट्राफिक सचेतना र लागुपदार्थ दुव्र्यसनीविरुद्ध सचेतना

भदौ १४
पुर्वी चितवनको रत्ननगर स्थित युनिक एकेडेमीमा  आज ट्राफिक नियम र लागु पदार्थ दुव्र्यसनी सम्वन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगर र लियो क्लव अफ रत्ननगरको सयुक्त आयोजना भएको कार्यक्रममा एकेडेमीको कक्षा १० मा अध्ययनरत ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले ट्राफिक नियम सम्वन्धी तथा लियो क्लव अफ रत्ननगर र व्रह्मकुमारी राजयोग सेवा केन्द्रले लागु पदार्थ दुव्र्यसनीका सम्वन्धमा सहजीकरण गरेका थिए । ट्राफिक नियम थाहा नहुँदा विद्यार्थी समेत दुर्घटनामा पर्ने गरेकाले विद्यालयलाई लक्षित गरी कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार पहिलो चरणमा रत्ननगरका विभिन्न क्याम्पस तथा उच्च माविहरुमा  ट्राफिक नियम र लागु पदार्थ दुव्र्यसनी सम्वन्धी जनचेतना दिईने छ ।


Local News

Political News

International News

Sports News