Winamp windows Media Player Real Player QuickTime

सौराहामा दुई करोड बढिको लागतमा ईको रिर्सोट सञ्चालन

१४ भदौ
चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि ईको एड्भाञ्चर रिर्सोटले आफ्नो सेवा सुभारम्भ गरेको छ । पर्यटकीय क्षेत्रमा आउने स्वदेशी तथा विदेशी लक्षित गरि सो ईको रिर्सोट सञ्चालनमा आएको हो । विगत एक दशक लामो पर्यटन व्यवसायमा संलग्न पर्यटन व्यवसायी ऋषि तिवारीले २ करोड २६ लाखमा सो होटल निर्माण गरेको जानकारी दिए । सुविधा सम्पन्न एटेच वाथ रुम सहित १० वटा कोठा पहलो चरणमा सत्तचालन गरेको होटलका सञ्चालक ऋषि तिवारीले वताए । जंगल सफारी, डुङ्गा, उठ, हात्ती, जीप सफारी, सहित पूर्ण शान्त पारिवारिक वातावरण  नै होटलको मुख्य विशेषता भएको सञ्चालक तिवारीको दावी छ । उनले होटलमा स्थानीय ७ जना युवाहरुलाई रोजगारी समेत दिएका छन् । होटलको एक भव्य समारोहका विच वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले उद्धघाटन गरेका छन् । होटलको उद्धघाटन गर्दै उनले दिगो पर्यटन विकासका लागि सबै पर्यटन व्यवसायीहरुलाई एकजुट भएर अगाडी बढ्न सुझाव दिए । पन्तले चितवनको पर्यटन विकासका लागि बन र बन्यजन्तु संरक्षणमा विशेष ध्यानदिनुपर्नेमा जोड दिए । यस्तै सो अवसरमा बोल्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुंवरले वन र वन्यजन्तु संरक्षणका लागि पब्लिक पार्टनसिप गरेर मात्रै सहकार्य हुने दावी गरे । उनले चोरी सिकारी नियन्त्रण साथै मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनिकरणका लागि पब्लीक पार्टनसिप नै उपयोगी हुने वताए । उनले निकुञ्ज भित्रको घांसे मैदान व्यवस्थापनमा समस्या देखिएको वताए ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News