Winamp windows Media Player Real Player QuickTime

रनपामा आम्दानी भन्दा प्रसासनिक खर्च वढि

१६ भदौ
रत्ननगर नगरपालिकाले रत्ननगरमा आर्थिक वर्ष २०६९÷७० मा १३ किलो मिटर सडक पिच गरेको छ । गत आर्थिक वर्ष २०६९÷७० को वार्षिक समिक्षा कार्यक्रममा  रत्ननगरका विभिन्न क्षेत्रमा १३ किलो मिटर सडक पिच गरेको जनाईएको छ । विकास निर्माणको प्रतिवेदन पेश गर्दै नगरपालिकाका योजना प्रमुख प्रकासचन्द्र ढुङ्गानाले साँढे ३ किलो मिटर नयाँ सडकमा ग्रावेल गरेको ,साँढे तीन किलो मिटर पिंचबाटो मर्मत गरेको जानकारी दिनुभयो । सडक मर्मत,पिच र ग्रावेलीङका लागी १ करोड ९० लाख ६७ हजार रुपैया खर्च भएको योजना प्रमुख ढुङ्गानाले वताउनु भयो । त्यस्तै नगरपालिकाले आर्थिक वर्ष २०७०÷७१ मा वैरियादेखि खोलेसिमल सम्म सडक मर्मत गर्ने लक्ष्य लिएको छ । ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा रत्ननगरका ३१ स्थानमा कल्र्भट निर्माण गरिएको छ । नगरपालिकाले रत्ननगरको पहिचानका लागी आगामी आर्थिक वर्षमा सिमा स्तम्भ राख्ने योजना लिएको छ । रत्ननगरको पहिचानका लागी मुख्य राजमार्गसहित भित्री सिमानामा सिमा स्तम्भ राख्ने लक्ष्य लिईएको योजना प्रमुख ढुङ्गानाले वताउनु भयो । त्यस्तै आगामी आर्थिक वर्षमा रत्ननगरमा एउटा दमकल ल्याउने,सवारी साधन व्यवस्थित गर्ने लक्ष्य पनि लिएको छ । जगेडा कोषबाट दमकल खरिद गरिने ढुङ्गानाको भनाई छ ।  कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत सिताराम पोखरेलले आन्तरीक आय भन्दा प्रसासनिक खर्च वढि भएको प्रतिवेदन पेश गर्नु भएको थियो । पोखरेलका अनुसार गत आर्थिक वर्षमा १ करोड ८८ लाख १२ हजार आन्तरीक आम्दानी भएपनि १ करोड ९५ लाख १४ हजार प्रसासनिक खर्च भएको छ । उहाँले आन्तरीक आय भन्दा प्रसासनिक खर्च वढि भएकाले विकास वजेट खर्च गर्नु परेको वताउनु भयो । आन्तरीक आय कम हुनु र प्रसासनिक खर्च वढि हुँदा नगरपालिकामा आर्थिक हिसावले चल्न नसक्ने पोखरेलको भनाई छ । कार्यक्रममा लेखा अधिकृत पोखरेलले आन्तरीक राजस्वमा २५ प्रतिशतले वृद्धि भएको,पेश्की तथा वेरुजु शुन्य तर्फ उन्मुख भएको ,विगतका वर्षको तुलनामा प्रसासनिक खर्च कम भएको वताउनु भयो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटाले गत आर्थिक वर्षमा आय भन्दा प्रसासनिक खर्च वढि भएकाले यसको न्युनिकरणका लागी आफुले पहल गर्ने वताउनु भयो । सो अवसरमा कार्यकारी अधिकृत सापकोटाले ४ हजार विजुली वत्ती मर्मत गरिएको ,११ सय घरधुरीमा डस्विन वितरण गरिएको जानकारी दिनुभयो । वैठकमा नगरमा सक्रिय राजनितिक दलका प्रमुख एवंम प्रतिनिधी,संघसंस्थाका प्रतिनिधी तथा नगरवासीहरुले नगरपालिकाले पेश गरेको प्रतिवेदन माथी टिकाटिप्पणी गरेका थिए । कम उमेरकी एकल महिला सरिता चौधरीको प्रमुख आतिथ्यता तथा नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  
 

Local News

Political News

International News

Sports News