Winamp windows Media Player Real Player QuickTime

मुल्य वढाएर मासु वेच्ने तीन जना पक्राउ

१६ भदौ
स्थानिय प्रशाशनको आदेश बिपरित महंगो मुल्यमा खसि बोकाको मासु बिक्री गर्ने तीन ब्यबसायीलाई आज बिहान जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा भरतपुर नगरपालिका वडा नम्बर १० मा मासु पसल सञ्चालन गर्दै आएका न्यू क्बालीटी मिट सप्लायर्सका सञ्चालक तहिब आलम, मामा मिट सप्लायर्सका साबीर अन्सारी र शाहिद मिट सप्लायर्सका शाहिद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । केहिदिन अघि खसिबोकाको मासुको खपत बढेको भन्दै ब्यबसायीहरुले एकलौटि ढंगबाट मासुको मुल्यमा १ सय २० रुपया सम्म मुल्य बृद्धि गरेका थिए । पक्राउ परेका हरुलाई कालोबजारी ऐन अन्र्तगत कारबाहि प्रक्रिया चलाईने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बताउनुभयो । साथै आगामि दिनमा पनि छड्के चेकजांज लाई तिब्रता दिईने सहायक प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News