Winamp windows Media Player Real Player QuickTime

७० वर्षिया वृद्धाको शव फेला

भदौ १७
धु्रवराज खनाल  
पुर्वी चितवनको विरेन्द्रनगर गाविस वडा नम्वर १ फोर गु्रपमा आज विहान एक वृद्धाको शव फेला परेको छ । सोही ठाँउ निवासी ७० वर्षिया धनमाया रानाको शव फेला परेको प्रहरीले जनाएको छ । हिजो विहान ७ वजे घाँस काट्न निस्कनु भएकी रानाको आज विहान सात वजे शव फेला परेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राममणी उप्रेतीले जानकारी दिनुभयो । मृतक रानाको तिघ्रामा चोट रहेको  उप्रेतीले वताउनु भयो । घटनाबारे अनुसन्धानका लागी हेटौडाबाट तालिम प्राप्त कुकुरसहितको टोली ल्याउने तयारी भईरहेको प्रहरी निरीक्षक उप्रेतीले जानकारी दिनुभयो ।
 

  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News