Winamp windows Media Player Real Player QuickTime

प्रहरीमा लगानी गर्न स्थानिय निकायलाई प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माको आग्रह

भदौ १७
मध्यक्षेत्रिय प्रहरी प्रमुख एवंम प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माले जनताको सहकार्य र विश्वासबाट मात्रै प्रहरीले शान्ती सुरक्षा मजवुत पार्न सकिने वताउनु भएको छ । प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै उहाँले प्रहरीसंग जनताको सहकार्य र सम्वाद निरन्तर हुनु पर्ने वताउनु भयो । सामुदायिक सेवा केन्द्र रत्ननगरको आज उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक शर्माले जनताले प्रहरीलाई सहयोग गरे शान्ती सुरक्षा कायम राख्न सकिने तथा भ्रष्टचार रोक्न सकिने विश्वास व्यक्त गर्नुभयो । सुरक्षा विना विकास सम्भव नभएकाले प्रहरीमा लगानी गर्न शर्माले आग्रह गर्नु भएको छ । शर्माले स्थानिय गाविस,नगरपालिका र जिल्ला विकास समितिलाई लगानीको लागी आग्रह गर्नु भएको हो । लगानी गरेपछि नागरीकले प्रहरीको क्रियाकलापमा औला उठाउने अवसर पाउने हुँदा प्रहरी थप जिम्मेवारीका साथ आफ्नो कर्तव्यमा लाग्ने र जनताले सुरक्षाको महसुस गर्न पाउने उहाँको भनाई थियो । जनताको विश्वास विना प्रहरी चल्न नसक्ने भएकाले जस्तो सुकै तोप,वारुद ल्याएपनि प्रहरी कुईरोको काग जस्तै हुने प्रहरी नायव महानिरीक्षक शर्माले वताउनु भयो । प्रहरीले गरेको क्रियाकलाप प्रति औला उठाउन आम सर्वसाधारणलाई आग्रह गर्दै शर्माले केही खराव प्रवृतिका प्रहरी कारण पुरै टिमनै वदनाम हुनु पर्ने वाध्यता रहेको वताउनु भयो । अधिवेशनको उद्घाटन शत्रमा प्रहरी वरिष्ठ उपरिक्षक ज्ञानविक्रम शाह,रत्ननगर नगरपालिकाका सस्थापक उपप्रमुख मोहन खतिवडा,सामुदायिक सेवा केन्द्र नारायणगढका अध्यक्ष मिना खरेल,रत्ननगर नगर नगरपालिकाका लेखा शाखा प्रमुख सिताराम पोखरेल,केन्द्रका सल्लाहाकार एवंम नेपाली काग्रेशका विश्वनाथ खनाल,सल्लाहाकार एवंम एमाले नगर अध्यक्ष प्रेमनाथ दुवाडी,रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानवहादुर विसुराल केन्द्रका सचिव श्याम वराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल,भरतपुर तालिम केन्द्रका प्रमुख एवंम समादेशक पशुपति उपाध्याय,चितवन प्रहरी प्रमुख प्रद्युम्न कार्की,ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरिक्षक नकुल पोखरेल,वुद्धिजिवी ,समाजसेवी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष भुपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

Local News

Political News

International News

Sports News