Winamp windows Media Player Real Player QuickTime

चितवनका निजी विद्यालय आज वन्द

भदौ १८
धुर्वराज  खनाल
नेपाल संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु नेपाल) चितवनले माग  पुरा नभएको भन्दै आज एक दिन जिल्लाका निजी विद्यालय वन्द आह्वान गरेको छ । आफुहरुले राखेका माग सुनुवाई नगरी विद्यार्थीहरुको शुल्क वढाउन तर्फ प्याव्सन लागेकाले विद्यालय वन्दै गरेर आन्दोलनमा उत्रनु परेको संघर्ष समिति संयोजक विजय पाण्डेले जानकारी दिनुभयो । इष्टुले मागका विषयमा प्याव्सनसंग पटक पटक वार्ता गरेपनि निष्र्कषमा पुग्न सकेको छैन । सरकारी कर्मचारी सरह तलव पाउनु पर्ने,महंगी भत्ता दिनु पर्ने,नियुक्ती पत्र उपलव्ध गराउनु पर्ने लगायतका माग राखेर इष्टु नेपाल विगत एक महिना अघिदेखि आन्दोलनमा रहेको छ ।
 

Local News

Political News

International News

Sports News