Winamp windows Media Player Real Player QuickTime

लक्ष्मीनारायण वस्त्रालयलाई कति जरिवाना

१८ भदौ
राजश्व अनुशन्धान विभागले चितवन नारायणगढ सहिद चोकको लक्ष्मीनारायण बस्त्रालयले चार करोड ५८ लाख आठ हजार ८२३ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छलेको ठहर गर्दै १५ दिनभित्र असुल गर्न पत्राचार गरेको छ। ठहर भएको भ्याटको अंकको आधारमा कारोबार रकम निर्धारण गरेर आय कर वापत थप छ करोड रुपैयाँसम्म असुल्न सक्ने सम्भावना देखिएको छ। ललितपुर पुल्चोकबाट गत वर्र्षको जेठ २४ मा राजश्व अनुशन्धान विभागका उप सचिव भरतराज सुवेदीको नेतृत्वमा आएको टोलीले लक्ष्मीनारायण बस्तालयमा छापामारेको थियो । छापा मार्दा व्यवसायीले प्रतिकार गरेका थिए। अनुशन्धान टोली विरुद्ध प्रदर्शनमा उत्रेका व्यवसायीहरुले अनुशन्धान टोली चढेर आएको सरकारी जीप समेत जलाएका थिए।  यसैबीच राजस्व अनुसन्धान विभागले लक्ष्मी नारायण वस्त्रालय नारायणगढलाई लगाएको करको उद्योग वाणिज्य संघ चितवनले विरोध जनाएको छ । अन्याय पुर्ण तवरले कर निर्धारण गरेको भन्दै संघले निर्णय फिर्ता निर्णय फिर्ता नलिए आन्दोलन गर्ने आज पत्रकार सम्मेलन गरी चेतावनी दिएको छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News