Winamp windows Media Player Real Player QuickTime

हत्याको आंशकामा ५ जना नियन्त्रणमा

१८ भदौ
पूर्वी चितवनको वीरेन्द्रनगर गाविसको फोर गु्रप निवासी धनमाया रानाको रहस्यमय मृत्यु भएपछि अनुसन्धानको लागि प्रहरीले ५ जनालाई आज नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खैरहनीले उनीहरुलाई लागु औषध प्रयोग गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । हत्याको आशंका गरी हेटौडाबाट तालिम प्राप्त कुकुरको मद्यतमा उनीहरुलाई नियन्त्रणमा लिईएको बताईएको छ ।नियन्त्रणमा लिईएकाहरुसंग सोधपुछ भईरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ । आईतवार विहान घाँस काट्न हिडेकी ७० वर्षिया राना सोमवार विहान गहना लुटिएको र शरीरका विभिन्न भागमा काटिएको अवस्थामा मृत फेला परेकी थिईन ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News