Winamp windows Media Player Real Player QuickTime

निजी विद्यालयका शिक्षकहरुबीच वन्द गराउने होडवाजी

भदौ १९ गते
धु्रवराज खनाल
चितवनमा संस्थागत विद्यालयका शिक्षकहरु विद्यालय वन्द गराउने होडवाजीमा लागेका छन् । प्याव्सनले माग पुरा नगरेको भन्दै नेपाल संस्थागत विद्यालय शिक्षक युनियन(नेपाल इष्टु) ले आज जिल्लाका निजी विद्यालय वन्द आह्वान गरेका छन् । यस अघि हिजो निजी विद्यालयकै शिक्षक युनियन (इष्टु नेपाल) ले निजी विद्यालय वन्द गराएका थिए ।  शिक्षकहरुको वन्दका कारण जिल्लाका १ सय ६४ विद्यालयका हजारौ विद्यार्थी पठनपाठनबाट वञ्चित वन्नु परेको छ । निजी विद्यालयमा अध्यायपरत शिक्षकहरु माग एउटै भएपनि दुई खेमामा विभाजीत भएर आन्दोलनमा उत्रिएका छन् । नेपाल संस्थागत विद्यालय युनियनको केन्द्रमै दुई समुह गठन भएको छ । नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (नेपाल इष्टु) ले आज विद्यालय वन्द गरेर माग पुरा गराउन जिल्ला शिक्षा कार्यालय घेराउ समेत गर्दै छ । सरकारी कर्मचारी सरह तलव,महंगी भत्ता,नियुक्ती पत्र लगायतका माग राख्दै चितवनका निजी विद्यालयका शिक्षकहरु विगत एक महिना अघिदेखि आन्दोलनमा छन् ।
 

Local News

Political News

International News

Sports News