Winamp windows Media Player Real Player QuickTime

इप्रका रत्ननगरद्धारा ५ सय लिटर मदिरा नष्ट

भाद्र २० गते
धु्रवराज खनाल
इलाका प्रहरी कार्यालय रत्ननगरले अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडवार्डलाई मध्यनजर गर्दै विषेश सुरक्षा अभियान सुरु गरेसंगै इलाका प्रहरी कार्यालय रत्ननगरले पनि मदिरा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । अभियान अन्र्तगत विहीवार(आज) पनि इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको करिव ५ सय मदिरा नष्ट गरेको छ । रत्ननगरको जयमंगला,सालघारी,भानुचोक,पसौनी,बाघमाराटार,धौलागिरी टोलबाट अवैध रुपमा वेचवेखिन गरी रहेको अवस्थामा नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रवक्ता एवंम प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो । यस अघि पनि रत्ननगर र आसपासका क्षेत्रबाट ईप्रका रत्ननगरले अवैध घरेलु मदिरा नष्ट गरेको थियो । अहिले रत्ननगर क्षेत्रमा यो अभियानलाई तीव्रता दिएपनि एकदुई दिनमै ग्रामिण क्षेत्रमा  पनि संचालन गरिने प्रवक्ता पन्तले वताउनु भयो । घरेलु मदिरा नियन्त्रणमा लिने अयिभान पछि नजिकीदै गरेको चाडवार्डमा झैझगडा कम हुने र आगामी  संविधान सभाको निर्वाचनलाई समेत सकारात्मक प्रभाव पार्ने प्रवक्ता पन्तको भनाई छ ।
 

Local News

Political News

International News

Sports News