Winamp windows Media Player Real Player QuickTime

टाँडी बजारमा अनुगमन

भदौ २०
सयुक्त वजार अनुगमन चितवनको टोलीले आज रत्ननगरको टाँडी
बजारमा अनुगमन गरेको छ । अनुगमनको क्रममा अधिकाँस पहसलमा म्याद नाघेका
पेय पदार्थ भेटिएको खाद्य निरीक्षक नविन देउजाले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा म्याद नाघेका ५ सय लिटर पेय पदार्थ,दालमोठ र बदाम नष्ट
गरिएको उहाँले जानकारी दिनुभयो । अनुगमन टोलिले रेष्टुरेण्ट, मिठाई
पसल,खाना घर लगायत झण्डै १५ वटा पसलमा अनुगमन गरेको थियो । टोलीले
म्याद नाघेका खाद्य सामाग्री नबेच्न, मुल्य सुचि टाँस गरी राख्न सञ्चालकलाई आग्रह
समेत गरेको जिल्ला प्रसासन कार्यालयका बजार अनुगमन अधिकृत विष्णुभक्त पौडेलले बताउनु भयो ।  यसैबीच त्रिनेत्र मार्केटिङले विक्रीका लागी गाडीमा ल्याएको पेय पदार्थ गाडीमै अनुगमन गर्दा १ सय ६८ लिटर पेप्सी,कोक,मिरिण्डाको मिति सकिएको अवस्थामा फेला पारेको छ । सो पेयपदार्थ रत्ननगरको टाँडीमै नष्ट गरिएको छ ।  अनुगमन टोलीमा जिल्ला प्रसासन कार्यालय वजार संरक्षण अधिकृत विष्णुभक्त पौडेल,खाद्य निरीक्षक नविन देउजा,घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका अधिकृत चुडामणी गौतम,उद्योग वाणिज्य संघ रत्ननगरका रघु भट्ट,रत्ननगर नगरपालिकाका प्रंतिनिधी,पत्रकारसहितको टोली सहभागी थिए ।
 

  • Program on air
  • Program Name: सचेतना
  • Program Host: सलिना ढुङ्गाना
  • Time duration: 10:15 AM-11:00 AM
  • Next Program
  • Program Name: अर्पण खबर
  • Program Host: समाचार कक्ष
  • Time duration: 11:00 AM-11:10 AM

Local News

Political News

International News

Sports News