Winamp windows Media Player Real Player QuickTime

कार्यकर्ता पक्राउको विरोधमा चितवनसहित ५ जिल्ला वन्द

२२ भदौ
एकीकृत नेकपा माओवादीले गरेको बन्दका कारण  चितवन लगायत गोरखा र काठमाडौ उपत्याकाको जनजीवन प्रभावित भएको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको आरोपमा आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एकीकृत नेकपा माओवादीले चितवनसहित ३ जिल्ला वन्द गराएको हो ।   वन्दका कारण सवारी साधन चल्न सकेका छैनन भने वजार पसल पनि ठप्प छन् । गाडी नचल्दा तीजको लागी माईत जाने महिलाहरुलाई वढि मर्का परेको छ । द्धन्द्धकालको मुद्या ब्यूताएर आफ्ना कार्यकर्तालाई दुःख दिएको भन्दै माओवादीले बन्द गराएको हो । अधिकारी हत्याको आरोपमा प्रहरीले शुक्रबार काठमाडौको डिल्लीबजारबाट माओवादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका अधिकारीलाई शुक्रवारनै चितवन ल्याईएको छ । उता बन्द आह्वान गर्दै हिडेका एकीकृत नेकपा माओवादीका कार्यकर्ता र स्थानीय बासिन्दाबीच काठमाण्डौंको कलंकीमा झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् । बन्द आह्वान गर्दै गएका एमाओवादीका एक कार्यकर्ताको टाउको फुटेको छ भने एक स्थानीयबासी पनि घाइते भएका छन् । अहिले प्रहरीले आक्रोशित भिडलाई तितरवितर पारेको भएपनि स्थिति तनावग्रस्त रहेको छ ।  यसैबीच चाडपर्वको बेला बन्द गरेको भन्दै सर्वत्रबाट बिरोध भएको छ । कतिपयले चुनावको मुखमा बन्द गरेर एकीकृत माओवादीले समर्थकलाई भड्काएको टिप्पणी पनि गरेका छन् । सबैतिरबाट बिरोध र असन्तुष्टी आउन थालेपछि एकीकृत माओवादी नेतृत्वले दिउँसो १२ बजेपछि बन्द फिर्ता लिने तयारी गरेको छ ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News