Winamp windows Media Player Real Player QuickTime

वन्द फिर्ता,जनजीवन सामान्य

२२ भदौ
एकीकृत नेकपा माओवादीले गरेको चितवनसहित गोरखा र उपत्याका बन्द फिर्ता लिएको छ । वन्द खुलेपछि जनजीवन सामान्य वनेको छ ।  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको घटनासँग जोडेरे गोरखाकै रामप्रसाद अधिकारीलाई गिरफ्तार गरिएको घटनालाई लिएर माओवादीले बिहान ८ बजेदेखि बन्द आव्हान गरेको थियो । माओवादी प्रवक्ता अग्नि सापकोटाले नेपाली नारीको चाड तिज पर्वलाई मध्यनजर गर्दै  १२ बजेदेखि बन्द खुलाइएको बताउनुभयो ।घटनाको गाम्भीर्यताबारे बारम्बार सरकारलाई अवगत गराउँदा समेत उल्टै गिरफ्तारीमा उत्रेकोले आफ्नो पार्टी बाध्य भएर बन्दजस्तो अप्रिय कार्यक्रम राख्न बाध्य भएको भन्दै सापकोटाले यसबाट नागरिकमा पर्न गएको अप्ठेरोप्रति दुःख व्यक्त गर्नुभएको छ । तीजको दर खाने दिन एक्कासी बन्द गरेपछि एकीकृत माओवादीको आलोचना भएको थियो । माओवादीले विज्ञप्ती निकालेर रामप्रसादलाई तत्काल रिहा गर्न माग गरेको छ ।विगतमा भएको शान्ति सम्झौता लगायत राजनीतिक सम्झौतालाई पालना गर्दै द्धन्द्धकालीन मुद्या सम्बोधन गर्न यथाशीघ्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी समस्याका समग्र समाधान गर्न माओवादीले सरकारसँग  माग गरेको छ ।यसैबीच बिहान भएको बन्दका क्रममा प्रहरीले काठमाडौबाट दुई जना माओवादी कार्यकर्तालाई पक्रेको छ । काठमाडौको पुतलीसडक र भोटाहिटीचोकमा तोडफोडमा उत्रेका बन्दकर्ता र प्रहरीबीच झडप हुदा केही घाइते भएका छन् ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News