Winamp windows Media Player Real Player QuickTime

अर्पणको तीज महोत्सव

भदौ २
रेडियो अर्पण १०४.५ मेगाहर्जले नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजको अवसरमा आईतवार(हिजो) अर्पण तीज महोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । महोत्सवमा रेडियो अर्पणले प्रतियोगितात्मक तीज गीत कार्यक्रम, विभिन्न क्षेत्रमा योगदान पुर्याउने तीन जना महिलालाई  सम्मान ,विभिन्न विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको थियो । संरक्षण मुलक प्रतियोगितात्मक कार्यक्रममा वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान वछौली प्रथम भएको छ । त्यस्तै मिलिजुली महिला समुह पर्सा द्धितिय तथा परिवर्तन महिला समुह पिठुवा २ ले तृतिय स्थान हासिल गरे । भरतपुर स्थित एस ओ एस वालग्रामले सान्त्वना स्थान हासिल गर्दा प्रेरणा युवा क्लव शिवनगरले उत्कृष्ठ पुरस्कार जितेको छ । महोत्सवकै अवसरमा रेडियो अर्पणले पुर्वी चितवनका कंकाली मावि,नेपाल उच्च मावि,पञ्चकन्या उच्च मावि,वैरिया मावि, मोहना उच्च मावि लगायतका विद्यालयमा अध्ययनरत तीन तीन जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो । यसैगरी महिला सम्मान तर्फ विभिन्न तीन विधामा तीन जना महिलाहरुलाई अर्पण नारी सम्मानबाट सम्मान गरिएको छ । कलाकारिताको क्षेत्रबाट सुनीमाया चेपाङ,साहित्यीक क्षेत्रबाट ज्ञानु अधिकारी र पत्रकारीताको क्षेत्रबाट चाँदनी हमाललाई सम्मान गरिएको हो । कलाकारीता,साहित्य र पत्रकारीता क्षेत्रमा विषेश योगदान गरेको उच्च मुल्यांकन गर्दै सम्मान गरेको रेडियोले जनाएको छ । त्यस्तै महोत्सवमा नेवार समुदायको लाखेनाच र थारु समुदायको लठ्ठी नाच समेत प्रस्तुत गरिएको थियो । पश्चिमा नेवा समुहले लाखेनाथ तथा हर्नरीका थारु समुदायले लठ्ठी नाच प्रस्तुत गरेका थिए । महोत्सवमा राष्ट्रिय कलाकारहरु केकी अधिकारी,वेनिसा हमाल,निर्माता तथा कलाकार कल्याण घिमिरे लगायतको पनि सहभागीता रहेको थियो । त्यस्तै लोकदोहोरी गायिका सावित्री जोशीले सांगेतिक प्रस्तुतबाट सहभागीहरुलाई नचाउनु भएको थियो । महोत्सवमा सम्वोधन गर्दै महोत्सवको प्रमुख अतिथी अधिवक्ता एवंम महिलाअधिकारकर्मी फुलमाया रानाभाटले तीजमा भित्रीएको विकृति न्युनिकरणका लागी संचार माध्यमले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । महोत्सवमा नेपाली काग्रेश नगरसभापति रुपनराज घिमिरे,नेकपा एमाले नगर अध्यक्ष प्रेमनाथ दुवाडी,नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडी,रत्ननगर सामुदायिक सेवा केन्द्रका अध्यक्ष भुपेन्द्र अधिकारी,नागरीक सरोकार मंचक संयोजक चन्द्रकान्त ओझा,केन्द्रिय सहकारी संघका पुर्व केन्द्रीय सदस्य एकनारायण पौडेल,समाजसेवी रामप्रसाद सापकोटा,कलाकार एवंम निर्णायक सुनीमाया चेपाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । रेडियोका सचिव एवंम महोत्सव मुल समिति संयोजक सुरज पौडेलले शुभकामना मन्तव्य राख्नु भएको महोत्सव रेडियोका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षताम सम्पन्न भएको थियो ।  
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News