Winamp windows Media Player Real Player QuickTime

आज ऋषीपञ्चमी , सप्तऋषीको पूजा गरिंदै

भदौ २५
आज भाद्र शुक्ल पञ्चमी । हिन्दु नेपाली महिलाहरुले सप्तऋषीहरुको पूजा गरि तीज पर्वको विधीवत समापन गर्दैछन् ।सप्तऋषीको पूजा गरिने भएकाले यो पर्वलाई ऋषीपञ्चमी भन्ने गरिन्छ । आजको दिन ब्रतालु महिलाहरु बिहानै नजिकका नदी, तलाउ, धारा, पोखरी लगायता जलाशयमा गएर वर्र्षदिनभरीको प्रतिक ३ सय ६५ दतिवनले दाँतमाझी माटो, तिल र अमलाको पिनाले स्नानगरी चोखो बस्त्र पहिरेर मध्यान्ह पख सप्तऋषीको पूजा गर्दछन् । भविष्योत्तर पुराणमा उल्लेख भए अनुसार रजोबती महिलाले कश्यप, अत्रि, भारद्धाज, गौमत, जमदग्नी, विश्वामित्र, बशिष्ठ र अरुन्धतीको पूजा गर्नाले रजोदोष लगाययत दोष नाश भई यो लोकमा समृद्धि  र पछि मुक्ती प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।सप्तऋषीको पूजापछि नाचगान र भजनकीर्तन गरेमा तीजको ब्रत पूर्ण हुन्छ भन्ने मान्यता छ । ऋषीपञ्चमीका अवसरमा विभिन्न ऋषि मन्दिरहरुमा बिहानैदेखि ब्रतालु महिलाहरुको घुईंचो लागेको छ ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News