Winamp windows Media Player Real Player QuickTime

१६ किलो वाख्रीको मासु वरामद

२६ भदौ
पुर्वी चितवनको रत्ननगरमा प्रहरीले आज १६ किलो वाख्रीको मासु बरामद गरेको छ । भरतपुर तर्फ वेच्न लैजाने क्रममा रत्ननगरको टाँडीबाट सो परिमाणको वाख्रीको मासु बरामद गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक एवंम प्रवक्ता केदार पन्तले जानकारी दिनुभयो । टाँडीमा डेरा गरी वस्ने १५ वर्षका वकिल हुसेनले भरतपुर स्थित चितवन फ्रेस हाउसमा विक्रीका लागी लैजान लागेको अवस्थामा वरामद गरेको पन्तले वताउनु भयो । खसीको भनी वाख्रीको मासु वेचविखन गरेको पाईएपछि प्रहरीले रत्ननगरका ८ जना मासु व्यवसायीलाई कार्यालयमा वोलाई यस्ता क्रियाकलाप नगर्न सचेत गराएको छ । ति व्यवसायीहरुलाई वधशाला सफासुग्गर राख्न,मासुमा पानी नहाल्न र स्त्री चौपायको वध नगर्न सचेत गराएको प्रवक्ता पन्तले जानकारी दिनुभयो । यस्ता नियम विपरितका क्रियाकलाप गरेको पाईएमा कानुन अनुसार कारवाही गर्र्ने प्रहरीले व्यवसायीलाई चेतावनी पनि दिएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालयको सयुक्त टोलीले आज रत्ननगरको विभिन्न स्थानबाट करिव ७ सय लिटर घरेलु मदिरा बरामद गरेको छ । रत्ननगर ७ भानुचोक,मंगलपुर,गडुवा चोक लगायतका क्षेत्रबाट सो परिमाणको घरेलु मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक एवंम प्रवक्ता पन्तले वताउनु भयो । प्रहरीको विषेश सुरक्षा योजना अन्र्तगत घरेलु मदिरा बरामद गरी नष्ट गर्ने अभियान प्राथमिकतामा रहेको छ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 06:30 PM-7:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM

Local News

Political News

International News

Sports News