Winamp windows Media Player Real Player QuickTime

सडकको अवस्थाको कारण वढि दुर्घटना

भदौ २८ गते
धु्रवराज खनाल
चितवनको रत्ननगरमा क्षेत्रमा पछिल्लो डेढ महिनामा ३० वटा दुर्घटना भएका छन् । गत साउनदेखि भदौ २० गते सम्म रत्ननगरको पुर्वपश्चिम राजमार्ग र भित्री सडकखण्डमा भएका ३० वटा दुर्घटनामा ५८ जना घाईते भएका इलाका प्रहरी कार्यालय रत्ननगरको तथ्यांकमा उल्लेख छ । इलाका प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी निरीक्षक केदार पन्तका अनुसार प्रत्येक दिन जसो दुर्घटना भएका छन् । सडकको दुरावस्थाका कारण  मोटरसाईकल र साईकल ठोक्किएर धेरै दुर्घटना भएको प्रहरी प्रवक्ता पन्तले वताउनुभयो । सडकमा परेको खाल्डाखुल्डीका कारण पल्टिएर र खाल्डो जोगाउन खोज्दा सवारी साधनहरु एकआपसमा ठोक्किएर अत्याधिक दुर्घटना भएको उहाँको भनाई छ । तथ्यांकमा उल्लेख भएअनुसार डेढ महिनाको अवधिमा करिव २० वटा दुर्घटना सडकका कारण भएका छन् । त्यस्तै तीव्र गतिका कारण १० वटा ,मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १० वटानै दुर्घटना भएको प्रहरी हवल्दार सरस्वती वर्देवाले जानकारी दिनुभयो । फाट्ट फुट्ट कुनै दिन दुर्घटना नभएपनि अन्य दिनमा एकदेखि ३ वटा सम्म दुर्घटना भएका छन् । यो अवधिमा भएका दुर्घटनामा कसैको पनि मृत्यु नभएपनि १५ जनाको गम्भीर अवस्थामा उपचार भएको वर्देवाले वताउनु भयो । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनका सडकखण्ड यतिवेला जीर्ण वन्दै गएपछि दुर्घटना वढ्दै गएको हो । राजमार्गको केन्द्रिय वस टर्मिनल चोक,रत्ननगरको कृष्णमन्दिर,भानुचोक,खैरहनीको पर्सावजार,मगनीचोक,भण्डारा लगायतका ठाँउमा सडक भत्किएर जीण वनेका हुन् । भत्किएका मध्ये केन्द्रिय वस टर्मिनल चोक र खैरहनीको मगनी चोक गाईवस्तु आहल खेल्न मिल्ने जस्तै वनेको छ । सडक भत्किएर र खाल्डा खुल्डी भएको लामो समय भईसक्दा पनि मर्मतमा ढिलाई भएको भन्दै स्थानियवासी,चालक,यात्रु भने आक्रोसित भएका छन् । लामो समय सम्म टिकाउ हुने तरिकाले सडकको मर्मत गर्न उनीहरुले सडक डिभिजन कार्यालयसंग माग समेत गरेका छन् ।
 

  • Program on air
  • Program Name: Offline Choice
  • Program Host:
  • Time duration: 01:00 PM-02:00 PM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM

Local News

Political News

International News

Sports News