Winamp windows Media Player Real Player QuickTime

पुर्वी चितवनका विद्यार्थी पनि आन्दोलित

भदौ २८
भारतिय टेलिभिजन च्यानल जि टिभीमा प्रसारीत टेलिश्रृङ्खला बुद्ध मा भगवान गौतम वुद्ध भारतमा जन्मिएको भ्रम फैलाएको भन्दै पुर्वी चितवनका विद्यार्थीहरुले त्यसको विरोध जनाएका छन् । पुर्वी चितवनका विभिन्न विद्यालयका विद्यार्थीहरुले आज रत्ननगरमा विरोध र्याली निकाली यस्ता भ्रम नफैलाउन आग्रह गरेका छन् । नेपाल उच्च माविका विद्यार्थीहरुले निकालेको विरोध र्यालीले रत्ननगरका विभिन्न भाग परिक्रममा गरी टाँडीचोकमा पुगेर कोण सभामा परिणत भएको छ । र्यालीमा सहभागी विद्यार्थीहरुले वुद्ध नेपालमै जन्मिएका हुन,लुम्विनी नेपालको हो जस्ता नारा लगाएका थिए । कोण सभामा वोल्दै विद्यार्थी अम्मर खतिवडाले तत्काल त्यस्ता भ्रामक सन्देश फैलाउने टिभी च्यानल वन्द गर्नु पर्ने वताउनु भयो । भ्रम फैलाउने टिभी च्यानल वन्द गराउनु पर्ने माग गर्दै र गौतम वुद्ध नेपालमै जन्मिएकोमा समर्थन जनाउन नेपाल उच्च माविकै विद्यार्थीहरुले टाँडी चोकमा हस्ताक्षर अभियान सुरु गरेको विद्यार्थी पुजन लामिछानेले जानकारी दिनुभयो । अभियान तीन दिन सम्म जारी रहने लामिछानेले वताउनु भयो । त्यस्तै आजै वुद्ध भारतमा जन्मिएको भनेर भ्रम फैलाउने जि टिको विरोध गर्दै स्काई राईडर उच्च माविका विद्यार्थीसहित अन्य विद्यालयका विद्यार्थीहरुले पनि विरोध र्याली निकालेका छन् ।  
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News