Winamp windows Media Player Real Player QuickTime

चिस्यान केन्द्रको शिलान्यास

भदौ २८
रत्ननगर ८ पसौनी स्थित हरिहर दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडमा निर्माण हुन लागेको चिस्यान केन्द्रको शिलान्यास गरिएको छ । नेपाल सरकार कृषि मन्त्रालय अन्र्तगत विश्व वैंकको सहयोगमा संचालित व्यवसायी कृषि तथा व्यापार आयोजनाका निर्देशक योगेन्द्र कुमार कार्कीले आज आयोजित एक कार्यक्रमकाबीच शिलान्यास गर्नु भएको हो । चिस्यान केन्द्र व्यवसायी कृषि तथा व्यापार आयोजनाकै अनुदानमा निर्माण हुन लागेको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कार्कीले संस्था चलाउन चुनौती पनि रहेकाले सम्र्पुण कृषक उपभोक्ताहरुले सहयोग गर्नु पर्ने वताउनु भयो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्की,रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटा लगायतले संस्थाको सफलताको कामनासहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष शिवकान्त पौडेलको अध्यक्षतामा भएको थियो ।
 

Local News

Political News

International News

Sports News