Winamp windows Media Player Real Player QuickTime

ग्रामीण ताजा तरकारीको ३ लाख २३ हजार आम्दानी

भदौ २८
पुर्वी चितवनको चैनपुर १ वहेरा चोकमा रहेको ग्रामीण ताजा तरकारी तथा फलफुल उत्पादक संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३ लाख २३ हजार वचत गरेको छ । संस्थाको आज आयोजित आठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा सचिव देवीलाल भुषालले प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो । प्रतिवेदन प्रस्तुत गर्दै सचिव भुषालले गत आर्थिक वर्ष २०६९÷७० मा २४ लाख ४१ हजार आय तथा २१ लाख १८ हजार खर्च भएको विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष पुर्ण भुषालले वार्षिक प्रगति प्रतिवेदन,लेखा संयोजक कारी महतोले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय ताजा तरकारी तथा फलफुल सहकारी संघ लिमिटेडका उपाध्यक्ष चुडामणी वर्तौला,लेखा संयोजक हरिवहादुर थापा,लगायत राजनितिक दलका प्रतिनिधीहरुले वोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष पुर्ण भुषालको अध्यक्षतामा भएको थियो ।
 

Local News

Political News

International News

Sports News