Winamp windows Media Player Real Player QuickTime

हावाहुरीका कारण लाखौंको क्षति

2013-09-15, Chitwan
शुक्रबार राती पानीसँगै आएको हावाहुरीका कारण चितवनमा केरा खेती नष्ट हुँदा लाखौंको क्षति भएको छ । हावाहुरीका कारण अहिलेसम्मकै ठूलो क्षति भएको केरा व्यवसायी समिति चितवनका उपाध्यक्ष विष्णुहरी पन्तले जानकारी दिनुभयो । रत्ननगर नगरपालिकाको ९, ११, १३ नं. वडा, जुटपानी तथा पिठुवा गाविस लगायतका क्षेत्रमा लगाएको केरा नष्ट भएको पन्तले बताउनुभयो । विहानसम्म गरिएको अनुगमनको क्रममा ४०–५० विगाहाको केरा नष्ट भएको उहाँको भनाई छ । चितवनमा हावाहुरीका कारण भएको सम्पूर्ण क्षति १÷२ मा मात्र थाहा हुने पन्तले बताउनुभयो । यसअघि पनि प्रत्येक बर्ष चितवनका किसानहरुले हावाहुरीका कारण लाखौंको क्षति व्यहोर्दै आएका थिए । चितवनलाई केरा खेतीको पकेट क्षेत्रको रुपमा लिईन्छ ।

Local News

Political News

International News

Sports News