Winamp windows Media Player Real Player QuickTime

वैद्यको नाम लिएर एमाओवादी चुनाव नगर्ने षड्यन्त्रमा– ओली

भदौ ३० गते
धु्रवराज खनाल
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एकिकृत नेकपा माओवादी निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ । युवा संघ नेपाल राष्ट्रिय भेलाको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता ओलीले नेकपा माओवादीको नाम लिएर एमाओवादी चुनाव नगराउने खेलमा लागेको वताउनु भयो । एमाओवादी नेकपा माओवादीलाई लतारेर आफ्नो वशमा ल्याएपछि मात्रै चुनाव गराउने मनस्थितीमा रहेको उहाँको भनाई छ । नेता ओलीले तोकिएको मंसिर ४ गते जसरी पनि निर्वाचन भएरै छाड्ने भन्दै कुनै पनि हालतमा निर्वाचन सार्न नसकिने वताउनु भयो  । उहाँले आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न युवा संघका कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रशिक्षण कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेले वहुमत ल्याए मात्रै संविधान वन्न सक्ने वताउनु भयो । महासचिव पोखरेलले विगतका कमी कमजोरका कारण पहिलो पार्टी वन्न नसकेको उल्लेख गर्दै विगतका कमजोरीलाई सच्चाएर एक भएर अगाडी वढ्नु पर्ने वताउनु भयो । उहाँले निर्वाचनमा लोकतान्त्रिक पार्टीबीच एकता गरेर जानु पर्ने वताउनु भयो । प्रशिक्षणका क्रममा उहाँले युवा संघ एमालेको भविष्य रहेको भन्दै युवा संघ व्यक्तीबाट नभई एमालेबाट चल्नु पर्नेमा जोड दिनुभयो । युवा संघमा देखिएको विवाद पछिल्लो समय समाधान भएकोमा खुसी व्यक्त गर्दै उहाँले व्यक्तीमा नभई विचारमा एकता गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश वस्नेतले निर्वाचन परिचालन सम्वन्धी योजना प्रस्तुत गर्नु भएको छ । योजनामा विपक्षीको योजना कसरी पत्ता लगाउन सकिन्छ भन्ने लगायतका विषयहरु समावेश रहेको युवा संघ नेपाल लेखासमिति संयोजक कमल पाठकले जानकारी दिनुभयो । 

  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News