Winamp windows Media Player Real Player QuickTime

निर्वाचन र सञ्चार विषयक प्रशिक्षण कार्यक्रम सुरु

भदौ ३०
जिल्ला निर्वाचन कार्यालय चितवनको आयोजनामा निर्वाचन र सञ्चार विषयक जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि भरतपुरमा सुरु भएको छ । प्रशिक्षण कार्यक्रममा चितवनका विभिन्न सञ्चारमाध्यममा आवद्ध तीसजना कृयाशिल पत्रकारहरुको सहभागिता रहेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यता एवं निर्वाचन आयोगका उपसचिव बिशकसेन ढकालको विशिष्ट आतिथ्यतामा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा , पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्याल लगाएतले मन्तव्य राख्नुभएको थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्र जिल्ला निर्वाचन कार्यालय चितवनका शाखा अधिकृति रुद्रुदेवी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा पत्रकार राधेश्याम खतिवडा र सुर्यप्रकाश कडेलले सहजीकरण गर्नुभएको छ । दुईदिने प्रशिक्षणका क्रममा आगामी संविधानसभाको निर्वाचनका विभिन्न विषयमा तालीममा सहभागिहरुलाई प्रशिक्षीत गराउने कार्यक्रम छ ।सो क्रममा निर्वाचन सम्वन्धी कानुनको अवस्था, सुचना ब्यवस्थापनको महत्व, लैङिगक मैत्री सञ्चार र निर्वाचन लगाएतका करिव एकदर्जन शिर्षकमा तालिममा सहभागि पत्रकारहरुलाई प्रशिक्षीत दिलाईने तालीमका सहजकर्ता राधेश्याम खतिवडाले जानकारी दिनुभयो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News