Winamp windows Media Player Real Player QuickTime

हावाहुरीले केरा नष्ट हुँदा करिव ३ करोडको क्षती

भदौ ३०
पानी र  हावाहुरीका कारण पुर्वी चितवनमा करिव ७५ प्रतिशत केरा खेती नष्ट भएको छ । गएराती पानीसँगै आएको हावाहुरीका कारण  अव २५ प्रतिशत मात्र वाँकी रहेको केरा किसानहरुले वताएका छन् । ७५ प्रतिशत केराखेती नष्ट हुँदा करोडौको क्षती भएको उनीहरुले वताएका छन् । हावाहुरीका कारण करिव ३ करोड बरावरको केरा क्षती भएको केरा व्यवसायी समिति चितवनका उपाध्यक्ष विष्णुुुहरी पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार यो क्षती अहिलेसम्मकै ठूलो क्षति हो । करिव २ सय विगाहा क्षेत्रफलमा लगाईएको केराखेती नष्ट हुँदा अनुमानित ३ करोडको क्षती भएको पन्तले वताउनुभयो । अहिले पुर्वी चितवनमा हरियो केरा ३ सय विगाहा क्षेत्रफलमा छ ।  केरा नष्ट भएको क्षेत्रको अनुगमन भईरहेकाले भोली विहान सम्म केकति क्षती भएको भन्ने बारे थाहा हुने उहाँले वताउनु भयो । हावाहुरीका कारण रत्ननगर नगरपालिकाको ९, ११, १३ नं. वडा, जुटपानी , पिठुवा ,पदमपुर गाविस लगायतका क्षेत्रमा लगाएको केरा नष्ट भएको पन्तले बताउनुभयो ।  दशै तिहारका लागी तयारी अवस्थामा रहेको केरा नष्ट हुँदा यस क्षेत्रका केरा कृषकहरु चिन्तित वनेका छन् । यसअघि पनि प्रत्येक बर्र्ष चितवनका किसानहरुले हावाहुरीका कारण लाखौंको क्षति व्यहोर्दै आएका थिए । पुर्वी चितवनलाई केरा खेतीको पकेट क्षेत्रको रुपमा लिईन्छ ।
 

  • Program on air
  • Program Name: अर्पणमा व्यवसायी
  • Program Host:
  • Time duration: 5:30 PM-06:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM

Local News

Political News

International News

Sports News