Winamp windows Media Player Real Player QuickTime

पुल उद्घाटन

१ असोज
रत्ननगर नगरपालिका अन्र्तगत दुरसञ्चार रोडमा निर्माण गरिएको पुलको आज उद्घाटन गरिएको छ । २ लाख २१ हजार ८ सयको लगानीमा निर्माण गरिएको सो पुलको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटाले उद्घाटन गर्नुभएको थियो । पुल निर्माणको लागि नगरपालिकाबाट १ लाख ७८ हजार ९ सय र उपभोक्ताहरुवाट ३६ हजार संकलन गरिएको दुर सञ्चाररोड पुल निर्माण समितिका अध्यक्ष युगबहादुर थापाले जानकारी दिनुभयो । साधुरो पुलका कारण दैनिक रुपमा दुर्घटना हुन थालेपछि सा पुरानो पुललाई भत्काएर नयाँ पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । सो पुलको लम्वाई ८ मिटर र चौडाई ४ मिटर रहेको छ । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटा प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुंगाना, दुरसञ्चाररोड पुल निर्माण समितिका सचिव कमल बहादुर घिमिरे,कोषाध्यक्ष सपना बोहरा,शुभप्रभात टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्रराज पाण्डे,उज्वल टोल विकास संस्थाका अध्यक्ष शिबकान्त पौडेल,दुरसञ्चार टोल विकास संस्थाका अध्यक्ष विन्दु खड्का लगायतले वोल्नु भएको थियो । 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News