Winamp windows Media Player Real Player QuickTime

रत्ननगरमा व्यवस्थित मासु

१ असोज
रत्ननगरका होटल व्यवसायी भेषराज दुवाडी सहितका व्यक्तिहरुको लगानीमा रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालनमा आएको छ । चितवन फ्रोजन मिट हाउस नाम दिएर रत्ननगर–८ हरिहर मार्गमा सञ्चालनमा ल्याईएको सो मासु पसलको जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु चिकित्सक डा.रामकुमार कार्कीले आज उद्घाटन गर्नुभयो । उपभोक्तालाई स्वास्थ्य प्रद्धक मासु उपलब्ध गराउन तथा रत्ननगरमा बढदै गएको मासुको मागलाई मध्यनजर गरि सुविधा सम्पन्न मासु पसल संचालनमा ल्याईएको सञ्चालक भेषराज दुवाडीले जानकारी दिनुभयो । ५० लाखको लागानीमा सञ्चालनमा ल्याईउको सो मासु पसलवाट खसी,कुखुरा र माछाको मासु फ्रिजिङ गरेर उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । मासुका पारखीहरुलाई फ्रोजन(फ्रिजिङ) गरेको मासु खाने बानिको विकास गर्न पनि पसल खोल्नुको अर्काे उद्देश्य रहेको सञ्चालनक दुवाडीले बताउनु भयो । सञ्चालक भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशु चिकित्सकहरु डा.बोधराज अधिकारी,डा.तेज बहादुर रिजाल,सञ्चालकहरु सुर्दशन अधिकारी,तिलप्रसाद अधिकारी लगायतले बोल्नु भएको थियो ।

 

Local News

Political News

International News

Sports News