Winamp windows Media Player Real Player QuickTime

नेपाल आमा पार्टीको चितवनमा संगठन विस्तार

असोज १
स्वदेशमै शीप योजना र रोजगार सम्पन्न र समृद्धि नेपालको मुल नारा लिएर जन्म भएको नेपाल आमा पार्टीले चितवनमा संगठन विस्तार गरेको छ । देशमा रोजगारी सिर्जना गरी देश विकासको गतिलाई अगाडी वढाई देश वनाउने प्रणसहित आगामी संविधान सभाको निर्वाचनमा सक्रिय रहेर कार्य गर्ने गरी पार्टी स्थापना गरी र सोही अनुरुप चितवनमा संगठन विस्तार गरेको पार्टीका केन्द्रिय अध्यक्ष रोमलाल गिरीले जानकारी दिनुभयो । चितवनमा गठित पार्टीको अध्यक्षमा पुण्यप्रसाद गौतम र सदस्यहरुमा गणेशराज शर्मा,शिवराज खड्का,विरेन्द्र न्यौपाने लगायत ११ जना रहेका छन् । पार्टीले छिट्टै युवा ,किसान, श्रमिक संगठन विस्तार गरी अगाडी वढ्ने केन्द्रिय युवा परिचालन विभाग प्रमुख समेत रहेका विरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । सो पार्टीले नेपाली आमाको अस्मिता जोगाई राख्न र राष्ट्रप्रेम प्रति सवैमा एकतावद्ध गराउन पार्टीको नाम नेपाल आमा र चुनाव चिन्ह वच्चा काखमा राखेकी आमा लिएको राखिने संगठन विस्तारका अवसरमा न्यौपानेले जानकारी दिनुभयो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News