Winamp windows Media Player Real Player QuickTime

अख्तियार गरेका निति पुरा गर्न रनपा असफल

३ असोज
रत्ननगर नगरपालिकाले अख्तियारी गरेका निति पुर्ण सफल हुन नसकेको एक प्रतिवेदनले देखाएको छ । एकाण्टविलिटी इनिसियटिभ प्रा.लीले गरेको अध्ययन अनुसार रत्ननगर नगरपालिकाले लिएको निति ७० प्रतिशत मात्र सफल भएको तर ३० प्रतिशत हुन नसकेको देखाएको हो । नगरपालिकामा आज आयोजित आर्थिक वर्ष २०६९÷७० को सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रममा प्रा.लीका दुर्गाभक्त ढकालले सामाजिक कार्यमा नगरपालिका पुर्ण समक्ष हुन नसकेको जानकारी दिनुभयो । प्रा.लीले सरोकारवाला संगको अन्तरवार्ता,स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै ढकालले रत्ननगर ५ र ६ मा खानेपानीको विस्तार गर्न नसकेको,तरकारी तथा फलफुल वजारलाई थप व्यवस्थित गर्न नसकेको,फोहोर व्यवस्थापन तालिम,सचेतनामुलक कार्यक्रम,फोहोर संलकनको लागी कन्टेनरको व्यवस्था कार्यान्वयन नभएको,नगरपालिका क्षेत्रलाई हरित नगरपालिकाको रुपमा विकास गर्न एक घर एक रुख को कार्यक्रम लागु नभएको वताउनु भयो । आर्थिक अभावका कारण यि क्रियाकलापहरु पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको समेत ढकालले वताउनु भयो । प्रतिवेदनमा नगरपालिकाले अघिल्लो वर्ष सम्पन्न हुन वाँकी रहेका योजनाहरु कार्यान्वयन गरेको ,वकुल्लहर रत्ननगर अस्पताललाई व्यवस्थित रुपमा संचालन गर्न भने सफल रहेको उल्लेख छ । त्यस्तै जनासंख्याको सुचाङ्क प्रतिवेदन प्रस्तुत गर्दै प्रा.लीका सामाजिक परिक्षक शारदाप्रसाद न्यौपानेले रत्ननगर नगरपालिका शिक्षा क्षेत्रमा धेरै अगाडी रहेको वताउनु भयो । प्रतिवेदन अनुसार कुल ४८ हजार ३ सय २० जनसंख्या रहेको यस नगरपालिकामा ७७.३३ प्रतिशत साक्षर रहेका छन् । कुल जनसंख्याको ८३.८५ प्रतिशत पुरुष तथा ७०.७९ प्रतिशत महिला साक्षर रहेको आफुहरुले पाएको न्यौपानेले वताउनु भयो । ४.१४ प्रतिशत औषत वार्षिक जनसंख्या वृद्धिदर रहेको यस नगरपालिकाले योजना वनाउँदा जनसंख्याको वृद्धिदरलाई मध्यनजर गर्दै वनाउनु पर्ने उहाँको भनाई छ ।
 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News