Winamp windows Media Player Real Player QuickTime

हत्याका अभियुक्त सार्वजनिक

असोज ६ गते
धुर्वराज खनाल
हत्या लगायत विभिन्न घटनामा सलग्न एक अभियुक्तलाई प्रहरीले पुर्वी चितवनको खैरहनीमा सार्वजनिक गरेको छ । हत्या,लुटपाट,चोरीमा सलग्न खैरहनी ९ वुढौलीका १८ वर्षिय रामवहादुर नेपालीलाई इलाका प्रहरी कार्यालय खैरहनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत भदौ १६ गते घाँस काट्न गएको वेला पुर्वी चितवन विरेन्द्रनगर वडा नम्वर १ की ७० वर्षिया धनमाया रानाको हत्या नेपालीले गरेको वयानका क्रममा वताएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।नेपालीलाई प्रहरीले गत शुक्रवार ४ गते पक्राउ गरेको थियो । पछिल्लो समय भदौ ३१ गते खैरहनी ७ की १९ वर्षिय अन्तिमा श्रेष्ठलाई घाँस काटी रहेको अवस्थामा लुटपाट र कुटपिट गरेको र आशंकामा पक्राउ गरी अनुसन्धान गरेपछि सो रहस्य खुलेको विष्टले वताउनु भयो । अझै पनि नेपालीसंग अनुसन्धान भईरहेकाले सो हत्या सम्वन्धमा ककसो सलग्नता थियो भन्ने बारे प्रहरीले खुलाएको छैन् । पक्राउ परेका अभियुक्त नेपालीले एकान्त तथा झाँडीतिर घाँस काट्न गएका महिलामाथी कुटपिट गरी सुनका गहना लुट्दै आएको प्रहरीले जनाएको छ । त्यस्तै नेपालीले खैरहनी ९ वुढौली स्थित कृष्णमन्दीर प्रणामी मन्दिरको १० हजार लुटेको पनि प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो  ।   
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News