Winamp windows Media Player Real Player QuickTime

लागत मुल्य पाउनु पर्ने केरा कृषकको माग

आश्विन ६
गत भदौ २९ गते आएको विनाशकारी हावाहुरीले पुर्वी चितवनमा साँढे ९ करोडको केरा नष्ट भएको केरा व्यवसायी समिति चितवनले जनाएको छ । हावाहुरीबाट भएको क्षतीका विषयमा सरोकारवालाहरुबीच आज भएको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै केरा व्यवसायी चितवनका अध्यक्ष यज्ञप्रसाद सुवेदीले हावाहुरीका कारण ९ करोड ५० लाख बरावरको क्षती भएको जानकारी दिनुभएको हो ।  हावाहुरीका कारण २ सय ५० विगाहा जग्गामा १ सय ९५ जना कृषकले लगाएको केरा पुर्ण रुपमा नष्ट भएको सुवेदीले वताउनु भयो ।  विं.सं. २०५१ सालदेखी चितवनमा व्यवसायिक रुपमा केराखेती सुरु भएको थियो । हाल १ हजार ६ सय विगाहामा केराखेती गरिएको छ ।  अन्तरक्रिया कार्यक्रममा वोल्दै पीडित केरा किसानहरुले सरकारले प्याकेजमा राहात उपलब्ध गराउन माग गरेका थिए । विगतमा जस्तो क्षेतीको मुल्याङकन नै नगरी राहात दिए नलिने भन्दै उनीहरुले लागत मुल्यलाई हेरेर प्याकेजमा सरकारले राहात उपलब्ध गारउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदीले विगतमा जस्तो हचुवाको भरमा सरकारले राहत दिन खोजे अस्विकार गर्ने बताउनु भयो । उहाँले लागत मुल्यलाई मुल्याङकन गरी सरकारले तत्काल प्याकेजमा राहत घोषणा गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा पीडित केरा किसानहरु सोभा रिजाल,विष्णु बन्जरा,केशब खतिवडा,बुद्धिप्रसाद लामिछानेले सरकारले तत्काल राहात प्याकेज नल्याए सड्क आन्दोलन गर्ने चेतावनी दिएका छन । कार्यक्रमा एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिव रसिक प्रधान,जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख हिरालाल भूषाल,जिल्ला विकास समितिका योजना अधिकृत प्रकासचन्द्र ढुंगाना, रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सिताराम पोखरेल, उद्याग बाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशी, रत्ननगर उवासंघका कृषि संयोजक भिमनारायण श्रेष्ठ, सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भूपेन्द्र अधिकारी लगायतले वोल्नु भएको थियो । चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष विष्णुहरि पन्तले स्वागत मन्तब्य राख्नु भएको थियो ।  

 

Local News

Political News

International News

Sports News