Winamp windows Media Player Real Player QuickTime

वैद्यसंग एकता भए दुई तिहाई निश्चीत प्रचण्ड

असोज ७
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा सेना परिचालन गर्नु कुनै नौलो कुरा नभएको बताउनुभएको छ ।  क्रान्तिकारी पत्रकार संघ चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विगतको निर्वाचनमा पनि सेनाको अप्रत्यक्ष प्रयोग भएको भन्दै सेना परिचालन अनिवार्य रहेको बताउनुभभयो  ।  मतदान केन्द्रको सुरक्षा र निष्पक्ष निर्वाचनका लागि सेना परिचालन आवश्यक रहेको उहाँको भनाई थियो । प्रचण्डले बैद्य समुह पुन ः माउ पार्टीमा फर्किए दुई तिहाई मत ल्याएर निर्बाचन जित्ने दाबी गर्नु भयो  । उहाँले नेकपा माओबादी संग तालमेल मात्र होईन पार्टीनै एक बनाउ भन्ने आफ्नो भनाई रहेको बताउनुभयो ।   वैद्य नेतृत्वको नेकपा माओवादी एमाओवादीमा आए दुई तिहाई बहुमत निश्चित रहेको प्रचण्डको भनाई छ । प्रचण्डले वैद्य समुह निर्वाचनमा नआए पनि  निर्बाचन भईछाड्ने दावी गर्नु भयो ।  
त्यस्तै उहाँले आगामी संबिधान सभा निर्वाचनका लागि भारतसंग हार गुुहार नगरेको समेत बताउनुभयो । भारतलाई पटक पटक चिठी लेखेको भन्ने कुरा निराधार भएको प्रचण्डको दाबी थियो ।
 यसैबीच  एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आफ्नो पार्टिले वहुमत नल्याए देशको ईतिहांस दुई सय वर्ष पछि धकेलिने वताउनु भएको छ । भरतपुरमा आज आयोजित खम्वासिंह कुवर अभिनन्दन ग्रन्थको विमोचन कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले देशमा २०४७ सालको संविधान फर्काउन चाहनेहरुको हुल वढ्दै गएको बताउनुभयो । 

Local News

Political News

International News

Sports News