Winamp windows Media Player Real Player QuickTime

उज्वलको अधिवेशन

असोज ७
उज्वल टोल विकास संस्था पिठुवाको दोस्रो साधरण सभा तथा पहिलो अधिवेशन आज सम्पन्न भएको छ । नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कृष्ण खनाल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा एमालेका जिल्ला सदस्य विनोद रेग्मी, राजेन्द्र पोखरेल,जेष्ठ नागरिक भिमबहादुर श्रेष्ठ,स्थानीय युवा समाजसेवी टुना घिमिरे, गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा, एमाओवादी पिठुवा गाउँ कमिटीका अध्यक्ष रमेश लामिछाने लगायतले वोल्नु भएको थियो । अधिवेशनले जयराम अधिकारीकोे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दोर्ण बहादुर कुँवर,सचिवमा कृष्ण प्रसाद ढकाल, कोषाध्यक्षमा टीका श्रेष्ठ,सहसचिवमा बाबुलाल श्रेष्ठ र सदस्यमा लालु माया सुनार लगायत चयन भएका छन । कार्यक्रम कृष्ण प्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Local News

Political News

International News

Sports News