Winamp windows Media Player Real Player QuickTime

मापसेविरुद्धको अभियान प्रभावकारी वन्दै

असोज ८ गते
धु्रवराज खनाल
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक विरुद्ध सुरु गरेको अभियान प्रभावकारी वन्दै गएको छ । पछिल्लो समय चाडबार्डलाई मध्यनजर गर्दै प्रहरीले विहान,दिउसो र वेलुका चेकजाँच गर्दै आएको छ । चेकजाँचकै क्रममा प्रहरीले गयराती मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ जना चालकलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । कारवाही स्वरुप उनीहरुबाट ५ हजार ८ सय राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस अघिका दिनहरुमा प्रहरीले प्रत्येक दिन मापसे गरी सवारी चलाउने ४० देखिी ८० जनालाई नियन्त्रणमा लिएर कारवाही गर्ने गरेको थियो । चेकजाँचमा कडाई गरेसंगै यो संख्या घटेको प्रहरीले जनाएको छ ।
 

Local News

Political News

International News

Sports News