Winamp windows Media Player Real Player QuickTime

मौरीपालन सम्वन्धी तालिम

असोज ८
मौरीपालन सम्वन्धी सात दिने तालिम आजदेखि पुर्वी चितवनको भण्डारामा सुरु भएको छ । मौरी पालन विकास कार्यालय भण्डाराको आयोजनामा सुरु भएको तालिममा मौरीपालन गर्ने तरिका लगायत सम्र्पुण प्राविधिक विषयका बारेमा सहजीकरण हुनेछ । व्यवसायीक रुपमा मौरीपालन गर्दै आएका कृषकहरुलाई लक्षित गरी तालिम संचालन गरिएको मौरीपालन विकास कार्यालय भण्डाराका वरिष्ट मौरी विज्ञ श्रीकान्त पौडेलले जानकारी दिनुभयो । भण्डारा लगायत चितवनका पहाडी गाविसहरु सिद्धी,कोराक,लोथर र दाहाखानीका २५ जना कृषक तालिममा सहभागी छन् । तालिममा वरिष्ट मौरी विज्ञ श्रीकान्त पौडेल,प्राविधिक सहायक घनश्याम गैरे,भगवानप्रसाद पोखरेल,धु्रववहादुर कार्की लगायतले मौरीको शारीरिक वनावट,मौरीको जात र विषेशता,मौरीको जीवन चक्र र वर्ग विभाजन,मौरी पालनका आवश्यक पुर्वाधार,प्राकृतिक तथा कृक्रिम रानो उत्पादनका विषयमा सहजीकरण गर्नु हुने छ । चितवनमा हाल करिव २ सय कृषकले एपी सेरेना र एपिस मेलिफेरा जातका मौरी पालन गर्दै आएका छन् ।   
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News