Winamp windows Media Player Real Player QuickTime

स्ल्याब भत्किन थाल्यो

असोज ८
रत्ननगरमा ढल निर्माणको लागि प्रयोग गर्न बनाईएको स्ल्याब भत्किन थालेको छ ।  निर्माणका क्रममा कमसल सामाग्री प्रयोग गरेकै कारण स्ल्याब भत्किन थालेको नगरवासीहरुले बताएका छन । रत्ननगरको टाँडी चोक देखी बकुलहर सम्म अहिले ढल निर्माणको काम भईरहेको छ । बजार क्षेत्रमा दुवै तर्फ वाल उठाएर स्ल्याब हाल्न सुरु गरिएको भएपनि सवारी साधन आवत जावत गर्दा स्ल्याब भत्किन थालेको नागरिक सरोकार मञ्चका अध्यक्ष युगबहादुर थापाले बताउनु भयो । आज बकुलहरको श्रेष्ठ साईकल पसल नजिक राखिएको स्ल्याब ट्याक्टर आवतजावत गर्दा भत्किएको छ । सडक डिभिजन कार्यालयले सो ढल निर्माण गरेको भएपनि अनुगमन गर्ने जिम्मा रत्ननगर नगरपालिकाको हो । तर नगरपालिकाले नियमित अनुगमन नगरेकै कारण ठेकेदारले ढल निर्माणमा लापरवाही गरेको नगरवासीहरुले आरोप लगाएका छन ।  
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News