Winamp windows Media Player Real Player QuickTime

म्याद नाघेको खाद्य सामाग्रीनैै वढि

असोज ९
चितवन जिल्ला सयुक्त वजार अनुगमन टोलीले आज पुर्वी चितवनको ग्रामिण क्षेत्रमा अनुगमन गरेको छ ।  टोलीले पूर्वी चितवनको खोलेसिमल बजार र जिरौनामा अनुगमन गरेको हो । चार्ड पर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई तीब्रता दिएको छ । ग्रामीण क्षेत्रमा रहेका बजारहरुलाई केन्द्रित गरी गरिएको अनुगमनको क्रममा म्याद नाघेको खाद्य सामाग्री तथा पेय पदार्थ प्रसस्त भेटिएको खाद्य निरीक्षक नविन देउजाले जानकारी दिनुभयो । एक दर्जन भन्दा बढि पसलमा गरिएको अनुगमनका क्रमममा कुनै पनि पसलमा मुल्यसुची नराखेको पाईएको देउजाले वताउनु भयो । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्य सामाग्री स्तानीयस्तरमै नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । अनुगमन टोलीले म्याद नाघेका सामाग्री नबेच्न र मुल्य सुची टास गरि राख्न व्यवसायीलाई आग्रह समेत गरेको जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन अधिकृत विष्णुभक्त पौडेलले बताउनु भयो । यस अघि टोलीले रत्ननगर क्षेत्रमा अनुगमन गरेको थियो । अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय,रत्ननगर नगरपालिका,रत्ननगर उद्योग वाणिज्य संघ,पूर्वी चितवन पत्रकार मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

  • Program on air
  • Program Name: Nepal Bani News
  • Program Host: Nepalbani Network
  • Time duration: 08:00 PM-08:30 PM
  • Next Program
  • Program Name: BBC Nepali Sewa
  • Program Host: BBC
  • Time duration: 08:45 PM-09:10 PM

Local News

Political News

International News

Sports News