Winamp windows Media Player Real Player QuickTime

सिद्धीमा गरिवी निवारण कार्यक्रमको समिक्षा

असोज ९
गरिवी निवारण कोषले मेड नेपाल मार्फत चितवनको विकट पहाडी गाविस सिद्धिमा लागु गरेको गरिवी निवारण कार्यक्रमको आज समीक्षा गरिएको छ । मेड नेपालका अध्यक्ष विष्णु सिलवालको अध्यक्षतामा भएको सो कार्यक्रमा चेपाङ समुदायको आयआर्जनको लागि सञ्चालन गरिएको कार्यक्रमको प्रगतिका वारेमा जानकारी गराईएको थियो । गरिवी निवारण कोषले सिद्धिमा चेपाङको आयआर्जनको लागि बाख्रापालन, तरकारी खेती लगायका कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा सामुदायिक संस्थाका अध्यक्ष तथा सचिव हरुले अहिले सम्म भएको कामको प्रगति विवरण प्रूतुग गरेका थिए ।  मेड नेपालका पूर्व अध्यक्ष एवम् प्रविधिक सल्लाहाकार रामलाल श्रेष्ठ प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा मेड नेपालका कार्यक्रम संयोजक शैलेस आचार्य, गामवेसीको चेपाङ संरक्षण संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा,सामुदायिक परिचालिका जमुना चेपाङ लगायतले वोल्नु भएको थियो ।  


  • Program on air
  • Program Name: Mero Rachana
  • Program Host: Dipendra Theength
  • Time duration: 10:15 AM-11:00 AM
  • Next Program
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 11:00 AM-11:10 AM

Local News

Political News

International News

Sports News