Winamp windows Media Player Real Player QuickTime

जितिया पर्वमा आज व्रत वस्ने दिन

असोज ११
थारू समुदायका महिलाको महान् पर्व जितिया हिजो देखि सुरु भएको छ । मुख्य विधि र पर्व यसपटक हिदै देखि परेका कारण वर्तालुले हिजो साँझ ७ बजेदेखि नै विधिवत् रूपमा व्रत सुरु गरी शनिबार बिहानसम्म निराहार बस्नुपर्नेछ । ज्योतिषका अनुसार यसपटक तिथिको समयमा हेरफेर भएका कारण व्रतालुलाई ३६ घण्टासम्म निराहार व्रत बस्नुपर्ने भएको छ । गत वर्ष २८ घण्टा मात्र बस्नु परेको थियो । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । जितिया पर्व मधेसी संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन प्रक्रियाअनुरुप पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ । यसैविच, चितवनमा पनि जितियाको रौनक छाएको छ । थारु समुदायको बाहुल्यता भएका क्षेत्रमा महिलाहरुले हिजो राती अबेर सम्म दर खाएर आज दिनभर ब्रत बस्ने गर्दछन् । आज थारु महीलाहरु एक–आपसमा भेला भएर गित गाउने अर्थात झाम्टा पार्ने गर्दछन् । जितिया पर्वको अबसरमा पुर्वि चितवन, पश्चिम चितवन, माडी क्षेत्र लगायतका ठाँउमा विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिएका छन् । यसैविच, थारु समुदायको महान् चाड जितियाको अबसरमा रेडियो अर्पण १०४.५ मेगाहर्जले सवै थारु समुदायमा शुभकामना ब्यक्त गरेको छ । रेडियोका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यद्धारा आज जारी शुभकामना सन्देशमा जितियाले देशमा जातिय सद्भाव लाई अझ प्रगाढ बनाउने विश्वास ब्यक्त गरिएको छ ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News