Winamp windows Media Player Real Player QuickTime

रेसम किरा माग अनुसार उत्पादन भएन

असोज ११
रेसम किराको माग अनुसार उत्पादन हुन नसकेको किम्वु नर्सरी व्यवस्थापन केन्द्र भण्डारा चितवनले जनाएको छ । यस तर्फ किसानको संख्या कम हुनु र उत्पादनको अन्तिम समयमा किरा मर्ने हुनाले माग अनुसार उत्पादन कम भएको केन्द्रका प्रमुख एवंम वरिष्ट किम्वु तथा रेसम विज्ञ मेघनाथ तिमल्सीनाले जानकारी दिनुभयो । रेसम किरा उत्पादनबाट आर्थिक आम्दानी प्रसस्तै गर्न सकिन्छ वरिष्ठ विज्ञ तिमल्सिनाले भन्नुभयो – सम्भावना रहेपनि उत्पादन कम हुँदा माग पुरा गर्न सकिएको छैन उत्पादन वढाउन सरकारले सहयोग गर्नुपर्छ । तिमल्सिनाका अनुसार मलिलो ,खेर गएको र वाँझो जग्गामा किम्वु खेती गरेर रेशम किरा पालन गर्न सकिने र यसबाट मनग्ये आम्दानी गर्न सकिन्छ । केन्द्रले अहिले किम्वु खेती तथा रेसम किरापालन गर्ने कृषकहरुलाई प्रोत्हासित गर्दै ३५ दिने तालिम पनि संचालन गरिरहेको छ । तालिममा चितवनसहित मकवानपुर,काभ्रे,धादिङ लगायतका रेसमखेती गर्ने कृषकहरु सहभागी छन् । तालिममा केन्द्रका वरिष्ट किम्वु तथा रेसमखेती विज्ञ मेघनाथ तिमल्सिना लगायतले प्रशिक्षण दिईरहनु भएको छ । किम्वु नर्सरी व्यवस्थापन केन्द्रले अहिले चितवन र मकवानपुर जिल्लाका कृषकहरुलाई सेवा दिदै आएको छ । चितवनमा ६० र मकवानपुरमा ८० जना कृषकहरु यस किम्वु खेती तथा रेसम किरा पालनमा सलग्न छन् ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Pratiksha
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM
  • Program on air
  • Program Name: Arpan Local News
  • Program Host: News Depart
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News