Winamp windows Media Player Real Player QuickTime

चेपाङ विद्यार्थीलाई सहयोग

असोज १५
पुर्वी चितवनको पिठुवा ८ स्थित विन्देश्वरी निम्न माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई सिप्रदीयन सहयता संस्थाले आज(मंगलवार) दशैका लागी कपडा तथा स्टेनशनरी वितरण गरेको छ । विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई सिप्रदीयन सहयता संस्थाले ५० हजार मुल्य वरावरको कपडा र स्टेशनरी वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी एवंम सीप्रदीयन सहयता संस्थाका सचिव सावन जवराले विद्यार्थीहरुलाई सट,पाईन्ट,जुत्ता–मोझा र स्टेशनरी वितरण गर्नुभएको थियो । यस अघि दशैमा नयाँ कपडा नलगाएको भन्दै चेपाङ विद्यार्थीहरुले यस पटक नयाँ कपडा लाउन पाउँदा खुसी व्यक्त गरेका थिए । यसैगरी सिप्रदीयन सहायता संस्थाले यस अघि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मासिक रुपमा दिदै आएको सहयोग रकम वढाएर ५५ हजार रुपैया पुर्याएको विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनालले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य,जग्गादाता एवंम विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष धनवहादुर वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका चितवन कोअर्डिनेटर तेजनाथ पौडेल,विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनाल,विद्यालयका सहायक प्रधानाध्यापक प्रेमवहादुर पन्त लगायतले वोल्नु भएको थियो । विन्देश्वरी निम्न माध्यमिक विद्यालयमा चितवनको विकट पहाडी गाविसका २७ जना विद्यार्थी आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।

 
  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News