Winamp windows Media Player Real Player QuickTime

चितवन काग्रेश र एमालेमा खैलावैल्ला

असोज १५
आगामी संविधान सभाको चुनावमा उम्मेदवार छनौटका विषयलाई लिएर काग्रेश र एमाले चितवनमा विवाद देखिएको छ । चितवन क्षेत्र नम्बर ३ बाट टिकट पाउने चर्चा चलेका कंग्रेसका पुर्ब जिल्ला सभापति बिकास कोईराला लाई पार्टीले टिकट नदिएको भन्दै कोईराला सर्मथक कार्यकर्ताले कंग्रेसको नारायणगढ स्थित जिल्ला कार्यालयमा प्रर्दशन गरेका छन् । टिकट बितरणमा काखा पाखा भएको भन्दै उनीहरुले पार्टीले तत्काल निर्णय सच्याएर बिकास कोईराला लाई टिकट दिनुपर्ने माग गरेका छन् । बिकास कोईरालाले टिकट पाउने चर्चा चलिरहेका बेला चितवन क्षेत्र नम्बर ३ बाट पार्टिले भिमबहादुर श्रेष्ठ लाई टिकट दिने तयारी गरेपछि कोईराला सर्मथक कार्यकर्ता प्रर्दशनमा उत्रिएका हुन् । यस्तै नेकपा एमाले क्षेत्र नम्बर– १ ले संबिधानसभा निर्वाचनका लागि प्रतिनिधीको रुपमा जेपी भेटवालको विकल्प खोजिए बिद्रोह गर्ने चेतावनी दिएको छ । नेकपा एमाले क्षेत्र नम्बर एकले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएको हो । पार्टी केन्द्रले पोलिटब्युरो सदस्य एवम पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेको नाम सिफारिस गरेको भन्ने खबर बाहिर आएको प्रति आपत्ती प्रकट गरेको छ । क्षेत्र नम्बर एकमा भेटवालको पक्षमा जनलहर बढिरहेको समयमा विकल्प नखोज्न पार्टी नेतृत्वलाई कार्यकर्ताहरुले चेतावनी हुन । एमालेले क्षेत्र नम्बर एकबाट जेपी भेटवाल, सुरेन्द्र पाण्डे र सिता पौडेलको नाम सिफारिस गरेको थियो ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News