Winamp windows Media Player Real Player QuickTime

गैंडाले हान्दा तीनजना गम्भिर घाइते

असोज १६ गते
जंगली जनावर एकसिंगे गैंडाले आक्रमण गर्दा पुर्वी चितवनको कुमरोजमा मंगलवार साँझ तीनजना गम्भिर घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको बुढी राप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुषालले दिएको जानकारी अनुसार घाइते तीनजना कुमरोज गाविस वडा नं. ९ घोक्रेलाका बासिन्दा हुन् । भुषालका अनुसार घोक्रेलाका मायासिंह दराई, कमली दराई र सुकमाया दराई गैंडाको आक्रमणमा परेर घाइते भएका हुन् । घाँस काट्न जंगल गएका बेलामा राप्ती नदी बगरमा उनीहरुलाई गैंडाले आक्रमण गरेको हो । घाइते सवैको अवस्था निकै दयनीय रहेको भुषालको भनाइ छ । मायासिंह र कमलीलाई भरतपुरको पुरानो मेडिकल कलेजको सघन उपचार कक्षमा राखिएको छ। त्यस्तै अर्की घाइते सुकमायाको पनि सोही अस्पतालमा उपचार भइ रहको छ । मध्यवर्तीका बासिन्दा वन्यजन्तुको आक्रमणमा परेर घाइते भएमा उपभोक्ता समितिबाट उपचारका लागि बढीमा ५० हजार रुपैयाँसम्म पाउन सक्ने व्यवस्था छ ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News