Winamp windows Media Player Real Player QuickTime

प्रहरीले अनावश्यक दुख दिएको ट्रिपर व्यवसायीको गुनासो

असोज १८
धु्रवराज खनाल
पुर्वी चितवन र मकवानपुरको मनहरी क्षेत्रमा प्रहरीले अनावश्यक दुख दिने गरेको ढुङ्गा गिट्टी वोक्ने ट्रिपर व्यवसायीहरुले गुनासो गरेका छन् । प्रहरीले ४÷५ किलो मिटरको फरकमा वसेर चेकिङ गर्ने र पैसा असुल्ने गरेको उनीहरुले वताएका छन् ।  आफुहरुको सवारीको हरन,वत्ती वल्दा पनि प्रहरीले हर्नर नवज्ने,वत्ती नवल्ने , आवश्यक नपर्ने कागजपत्र समेत खोई भन्ने,ओभर लोड राखेको भन्दै पैसा असुल्ने गरेको समेत उनीहरुको आरोप छ जनताको सुरक्षा दिन खटिने प्रहरीबाट उल्टै आफुहरु असुरक्षित रहेको रत्ननगर ३ का ट्रिपर व्यवसायी नारायणप्रसाद सुवेदीले वताउनु भयो । सुवेदीका अनुसार विना कारण प्रहरीले २ हजार सम्म आफुहरुबाट असुल्ने गरेको छ । विहीवार पनि विना कारण प्रहरीले पैसा मागेको र पैसा नदिएपछि ११ वटा ट्रिपर इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको थियो । ट्रिपरले ट्राफिक नियम उल्लंघन गरे एक हजार सम्म जरिवाना दिनु पर्ने व्यवस्था रहेको छ । उता इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राममणी उप्रेतीले नियन्त्रणमा रहेका ट्रिपरहरुले बाटोमा पानी चुहाउँदै हिडेका ट्रिपरसंग ५ सय सम्म जरिवाना तिराउने गरेको वताउनु भयो । वढि पैसा लिएको भन्ने आरोप निराधार रहेको प्रहरी निरीक्षक उप्रेतीको भनाई छ । । ट्रिपर व्यवसायीहरुले लोथर र मनहरी खोलाबाट ढुङ्गा वालुवा उठाउने गरेका छन् । तर निकुञ्जले खोलाबाट ढुङ्गा वालुवा उठाउन रोक लगाए पनि पहिलेकै स्टक ढुङ्गा वालुवा ओसार्दै आएका छन् ।

 

Local News

Political News

International News

Sports News