Winamp windows Media Player Real Player QuickTime

वडादशै सुरु,,आजपहिलो दिन घटस्थापना राखिदै

असोज १९
आजदेखि हिन्दु नेपालीहरुको ठूलो पर्व बडादशैं सुरु भएको छ । घरघरमा घटस्थापना गरेपछि बडादशैंको नवरात्र शुरु भएको मानिन्छ । नेपाल पञ्चाङग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत विहान ९ बजेर ५१ मिनेटमा उत्तम छ  ।आज आआफ्ना पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र माटोको पूर्णघडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पञ्चरत्न चढाई शक्तीरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाईन्छ । दशैंको टीका लगाउँदा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरालाई प्रयोग गरिन्छ ।परम्पराअनुसार घटस्थापनाको उपलक्ष्यमा दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखि महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तीपीठहरुमा नवरात्रिपूजाको शुभारम्भ हुन्छ ।यस्तै घरघरमा र भगवतीका मन्दिरहरुमा चण्डी र भगवती स्तोत्र पाठ गर्ने गरिन्छ । आजदेखि  धेरै शिक्षणसंस्था पनि बिदा भएका छन् ।
 

Local News

Political News

International News

Sports News